अर्घाखाँची अस्पतालमा कोरोनाबाट गएराति दुई जनाको मृत्यु

430

हिन्दुखबर संवाददाता
अर्घाखाँची, २६ बैशाख । अर्घाखाँची जिल्ला अस्पतालमा गएराति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. ७ का ४० वर्षिय एक पुरुष र शितगंगा नगरपालिका वडा नं. ४ का २४ वर्षिय महिलाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।