नेविसंघका नेता भुसालले गरे ७० लाख लगानीमा कृषि फार्म सञ्चालन

1784

काठमाडौँ , वैशाख २६ ।

नेपाल विद्यार्थी संघका नेता सतिश भुसालले काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ०७ शिवचोकमा १४ रोपनी जग्गामा ग्रिन लिफ फार्म प्रालिको सुरुवात गरेका छन् ।

भुसालको फार्ममा हाल २१ वटा होलस्टेक जर्सि र लोकल गाई ,२५०० जति लोकल कुखुरा,५०० बट्टाई र ४ वटा टमाटर टनेल रहेका छन् । वन क्षेत्रमा स्नातकोत्तर गर्दै गरेका उनले सेवा विस्तार गर्नको लागि आफ्नै आउटलेट पनि सञ्चालनमा ल्याउने बताए । वन क्षेत्रलाई लक्षित गर्दै वनलाई टेवा पुर्याउन वन सँग जोडिएको नर्सरी,फुल,बिरुवा उत्पादन गर्नलाई काम सञ्चालनन भएको र देशकै नमुना कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

राजनिती गर्न आफु पहिला आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै आफुले सो कार्यको सुरुवात गरेको बताउने भुसालले अहिले अर्गानिक तरकारी,दुध,दही,पनिर,घ्यु,कुखुरा र बट्टाईको अण्डा र मासु उपलब्ध गराउने बताएका छन् । सो फर्ममा अहिले नियमित ७ जना कर्मचारीले रोजगारी पाएका छन् ।