वैदिक सनातन धर्म सेवा समाज पाणिनीद्वारा विपन्न परिवारलाई राहत वितरण

346

मैदान ,वैशाख २६ । वैदिक सनातन धर्म सेवा समाज पाणिनीले पाणिनी गाउँपालीका वडा नम्बर ०५ मैदान निवासी दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने विपन्न परिवार खिमबहादुर विकलाई राहत स्वरुप २० किलो चामल,१किलो नुन,२ किलो दाल, २ किलो आलु र साबुन दिएको छ ।

राहत वितरण कार्यक्रममा समाजका अध्यक्ष पं. चन्द्रमणि घिमीरे , उपाध्यक्ष ज्यो.अनन्त घिमीरे, सचिव डिल्लीराज बेल्बासे,कोषध्यक्ष टेकनारायण गैरेको उपस्थिीति रहेको थियो ।

अहिलेको विषम परिस्थीतिमा वैदिक संस्कार र संस्कृतिलाई पनि जोगाउँदै अघि बढ्नुपर्ने भएकोले वैदिक सनातन धर्म सेवा समाजमा आबद्ध सम्पुर्ण पण्डितज्युहरुले स्वास्थ्यका मापदण्डका अपनाएर आकस्मिक कार्यहरु श्राद्ध,नामाकरण र अन्त्य संस्कारलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष घिमीरेले हिन्दुखबरलाई जानकारी दिनूभयो ।