प्राज्ञिक विद्यार्थी परिषद्ले गर्यो संस्कृत सम्भाषण कक्षा संचालन

234

काठमाडौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरको आयोजनामा १० दिने संस्कृत सम्भाषण कक्षा संचालन भएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको समयमा अहिले नेपालको अधिकांश जिल्लामा पूर्णरूपमा निषेधाज्ञा जारी छ । यसको करणले गर्दा विद्यार्थीहरू घर भित्रै थुनिएर बस्न बाध्य भएका छन् । सोही समयलाई मध्यनजर गर्दै विद्यार्थी परिषद्ले अनलाइनको माध्यमबाट संस्कृत भाषा सिक्न चाँहाने विद्यार्थीहरूलाई विद्यार्थी परिषद् महानगर समितिले उक्त कक्षा संचालन गरेको हाे ।

वैशाख २५ गतेबाट प्रारम्भ भएको संस्कृत भाषा कक्षामा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कण्डेल ज्युले सहजिकरण गर्नु भएको थियोे ।

विश्वको प्राचिन भाषा संस्कृत भाषा पछिल्लो समय विस्तारै लोभ हुदै गइहेको , मानिसले विर्सिर्दै गईरहेको समयमा यसलाई बचाउनु र नयाँ पुस्तामा हाम्रो संस्कृत भाषाको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएकोले युवा विद्यार्थीहरूलाई १० दिने संस्कृत भाषा कक्षा संचालन गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।