घनश्याम पाैडेल
अर्घाखाँची, २७ बैशाख । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड १९ ले नेपाल र नेपाली जनतालाई आक्रान्त पारेको बेला पर्याप्त समय हुदाँहुदै पनि अस्पतालको बन्दोवस्त नगर्नु, पर्याप्त अक्सिजन, आइ सि यु बेड, भेन्टिलेटर बेड सहितको औषधिको व्यवस्थापन नमिलाउनु र संस्थागत भ्रष्टाचारमा सरकार लिप्त भएकाे आराेप लगाएको छ ।
नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल मुस्कानले प्रेस विज्ञप्ति जारी गर्दै संस्थागत भ्रष्टाचार रोकी तत्काल राज्यको सम्पुर्ण संयन्त्र परिचालन गरी यथोचित प्रवन्ध मिलाउन सरकारसगँ जोडदार माग गरेकाे छ । यो विषम् परिस्थितिमा पनि खोप खरिदप्रकरणमा अनियमितताको गन्ध आउँनु निर्लज्ज र निन्दनीय विषय हो-हामी यसको घोर भ्रत्सना गरेकाे छ ।
कोभिडका कारण मृत्यु वरण भएका तमाम आदरणीय दाजुभाई दिदिबहिनीमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त काँग्रेस अर्घाखाँचीले गरेकाे छ ।
कोभिडसगँ लडाई लडिरहेका सम्पूर्णजनहरुमा यसलाई परास्त गर्ने शक्ति प्राप्त होस भनी सिघ्रातिसिघ्र स्वास्थ्य लाभको कामना मुस्कानले गर्नुभएको छ ।
सामाजिक दुरी कायम गर्ने, सरसफाइ एवम् खानपानमा ध्यान दिने र भिडभाड नगर्ने प्रारम्भिक ज्ञानलाई व्यवहारमा लागु गरी सुरक्षित रहन सबैमा अनुरोध गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकारले कोभिड नियन्त्रण एवम् रोकथामको लागि चालेका कदम प्रति धन्यावाद दिदै काँग्रेस अर्घाखाँचीले यतिखेर विकास निर्माणका कामलाई थाती राखी स्थानीय तहको सम्पूणर् संयन्त्र यो विपत्तिलाई नियन्त्रण गर्नका लागि दत्तचित्त भएर लागिपर्नु आजको आवश्यक्ता रहेकाे बताएको छ ।
स्थानीय तहका कोभिड अस्पतालमा निशुल्क पिसिआर चेक तथा एन्टिजेन परीक्षण, अक्सिजन व्यवस्थापन र आइसोलेसन कक्ष निर्माणमा अग्रसरता लिन हार्दिक अनुरोध गर्दै नेपाली कांग्रेस पार्टीले जनताप्रतिको जवाफदेहितालाई ध्यानमा राखी पहिलो चरणको कोभिड १९ को बेला नयाँ वर्षको अवसर पारेर स्थानीय तहलाई आर्थिक सहयोग गरेको यहाँहरुलाई अवगत गराएकाे छ ।
अहिले जिल्लामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा जनताको सेवा प्रभावित भएको छ । तुरुन्त दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन र कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न केन्द्र एवम् प्रदेश सरकारलाई अनुरोध काँग्रेसले गरेकाे छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, अर्घाखाँचीले आवश्यक्ता महशुस भएमा जिल्ला पार्टी कार्यलय वी.पी. स्मृति भवन, सन्धिखर्कलाई कोभिड उपचार तथा आइसोलेसन कक्षको रुपमा प्रयोग गर्न दिइने प्रतिबद्धता व्यक्त गरेकाे छ ।
पार्टी मातहतका सभापतिको नेतृत्वमा रहेको कोभिड नियन्त्रण तथा जनचेतना प्रवाह समितिले आ-आफ्नो तहमा सुरक्षित तरिकाले कार्य सम्पादन गर्नु गराउनुहोला ।
स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसकर्मी, पत्रकार, एम्बुलेन्स चालक, पार्टी र भातृ एवम् सुभेच्छुक संस्थालाई यो विषम् परिस्थितिमा खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गरेकाे छ ।
स्वदेश तथा विदेशमा रही राष्ट्र एवम् जिल्ला प्रतिको माया दर्साई विभिन्न ढङ्गले सहयोग गर्ने संस्था तथा सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरेकाे छ ।