सन्तानप्रती आमाको माया !

217

खुसी अघिकारी ( ललिता) 
सृृष्टिको अमुल्य रत्न मानिने आमा सबैका लागि प्यारो र आदर्शवाद नै हुन्छ।हरेक सन्तानकालागि भगवानले दिएको सर्वश्रेष्ठ, सर्वप्रिय तिरस्कार गर्न नसकिने चिजहुन आमा। आमाको मर्म बुझन त्यति सजिलो छैन नतआमाको व्याख्या गर्न शब्दहरूनै प्रयाप्त छन।आमा सङ्घर्षशिल, आदर्श र प्रेरणादायी व्यतित्व हुन आमा।आफु जस्तो सुकै अवस्थामा गुज्रिएपनि हरेक सन्तानको अगाडी आफ्नादु:ख, पिडा सहजै स्वीकार गर्छिन।

मेरी आमा पश्चिम पहाडी अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका बल्कोट भन्ने गाउँमा आजभन्दा ५३ बर्ष अगाडी जन्मलिनु भएकी मेरी आमा सामान्य लेखपढ गर्न अवसर पनि पाउनु भएन।१८ बर्षको उमेरमा माईती घर छोडेर कर्म घर आउनु भएकी मेरी आमाले धेरै बज्रपात सहेर पनि आफ्नो सन्तानको लागि अनेक दु:ख कष्ट भोग्नु भयो। सन्तान र आमाको सम्बन्ध एउटा रगतको मात्र नभई भावना र हुर्दय सम्म जोडिएको हुन्छ। त्यसैले त आमा संसारकै सबैभन्दा प्यारो शब्दका रुपमा चिनिएकि छन।सन्तान जतिसुकै भएता पनि प्रत्येक सन्तानलाई सम्मान माया गर्छिन आमा।

आमाको योग्दान प्रत्येक सन्तानको सफलताको बलियो पाटो हो। यहि कारणले त हरेक सन्तानले सफलताको शिखर चुमेका हुन्छन् ।उमेर बित्दै जादा मेरी आमाले आफ्नो कोखबाट आठ जना सन्तानलाई जन्मदिनु भयो।

हामी सबैजना सन्तानलाई सुख दुख गरि सबैका इच्छा चाहाना पूरा गरि हाम्रो भविष्य प्रती उत्साहित भएर हामी माथी अनेक किसिमका आश र भरोसा पनि राख्नु भयो यो एउटा आमाले आफ्नो सन्तान प्रती गरिने अतुलनीय प्रेम नै हो। म जन्म दिने आमाको काख छोडेर आमाको माया र स्नेहलाई मन मुटुमा सङ्गालेर १० बर्षको उमेरमा काठमाडौं भित्रिएकि थिए। भखरै हुर्कदै गरेको बालापन अनि भखर भखर हुर्कदै गरेको दौतरी छोडेर आमा र जन्मभूमिबाट टाढा हुनु मेरो लागि कम पिडादायी भने थिएन।तर के गर्ने समय परिस्थितिले म आफ्नो आमा र जन्मभुमीबाट टाढा भएपनी म प्रती आमाले देखेका सपनाहरू पुर गर्न म काठमाडौं भित्रिएकि थिए।

व्यस्त गाउँले जीवन घर परिवार कृषक अनि आठजना सन्तानलाई स्याहार सुसार गर्न मेरी आमालाई सहज भने थिएन तर पनि घरको जिम्मेवारी र सन्तानप्रतीको कर्तव्यलाई पूरा गर्न आमाले केही कसर बाकी राख्नु भएन।

आज म आमाकै प्रेरणाले गर्दा ममा एक प्रकारको आट, हिम्मत, निडर बन्ने शक्ति प्रदान भएको छ। आमाकै हौसला र प्रेरणाले गर्दा अ आफ्नो खुटामा उभिन सफल भएकी छु। समजमा उदाहरणीय नारी भएर चिनिन त सकुला या नसकुला तर आमा हजुरले देखएको सर्त मार्गमा भने म आवश्य हिंड्ने छु। मेरी आमाले निकै कष्टकर र पिडादायी जीवन बिताउनु भएको छ। आठै जना सन्तानलाई हुर्काउनु भयो।अबत सुखका दिन आउँलान भन्दै सुखका दिन खोज्दै हुनुहुन्थ्यो तर आनन्द र सुखका दिन आउन सकेन। वि: स २०७३ साल साउन ३ गते हामिले बुवालाई गुमाउनु पत्यो। आफ्नो श्रीमान सगँ दुख सुख साटने अनि उमेर बढदै गर्दाको त्यो प्रेम झाङगिदै गर्दा मेरी आमाले त्यो पल गुमाउदा कति पिडा भयो होला तर पनि त्यो पिडालाई शक्तिमा बदल्दै परिवारलाई आफ्नो दायित्वबाट पन्छिन दिनु भएन। जिवनमा आईपरेका हजारौं दुखलाई कुशलतापुर्व अवतरण गराएकी मेरी आमा सहनशीलताकी प्रतीक हुनुहुन्छ।

म निकै अभावमा हुर्केकी छोरी हु।सानै उमेरमा घर परिवार र आमाको न्यानो काख छोडेर काठमाडौं आए। आमाको काखमा रमाउने सुखदुख साटने बेलामा म साथमा भैन अहिले तिनै आमाको काखमा रमाउन मन लाग्छ तर के गर्ने सानोमा परिस्थितिले टाढा बनायो भने अहिले जिम्मेवारीले मलाई अभावका बीच पनि उहाँले चौडा छाती र शिर ठाडो परेर हिडन मेरी दिदी (जमुना अधिकारी फूपू)ले सिकाउनु भयो। मेरो लागि उहाँ आमा बुवा सम्मान हुनुहुन्छ। उहाँ बाट मैले बुवाको जस्तै निर्मल माया पाएकी छु।जब म उहालाई भेट्छु तब मलाई बुबाको छाहारी पाएको महसुस हुन्छ। हजुरले मलाई जुन प्रकारको आट हिम्मत दिनु भएको छ त्यो नै मेरोलागि सफलताको सिढीबनेको छ।

आमाको माया यति सम्म निर्मल र चोखो हुन्छकी न त कुनै वस्तुसगँ तुलना गर्न नै मिल्छ।न त तौलिननै सकिन्छ।आमाको त्याग र समर्पणको कुनै सिमा हुदैन। आकाश जस्तै बिशाल र सागर जस्तै निर्मल आमाको माया चोखो र प्यारो हुन्छ। संसारका सम्पुर्ण महान आमा सन्तानको सफलताका लागि नथाकेका र नरोकिएका पाईलाहरु प्रति मेरो नमन 🙏 जन्मले मात्र नभई कर्मले पनि आमा यो बर्षको मातातिर्थ ओशीको अवसरमा सम्पुर्ण आमाहरुलाई मातृदिवस को शुभकामना तथा अन्य आमाजस्तै अग्रजहरुलाई जो सुमार्ग देखाउन आतुर छन उहाँहरुलाई पनि मातृदिवसको शुभकामना सहित मिठो सम्झना र माया छ। (लेखकः बाघ भैरब बोडिङ हाई स्कुल कीर्तिपुर,काठमाडौंमा अध्यापन गराउँनुहुन्छ)