अर्घाखाँचीका सीडीयो गाउँगाउँ पुगेर युवाहरुलाई गराए यसरी उठबस !

410

अशोक खनाल
अर्घाखाँची, २७ बैशाख । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल गाउँगाउँ पुगेर कोरोना संक्रमितको अवस्था तथा जिल्लामा गरिएको निषेधाज्ञाबारे अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा सोमवार जिल्लाको छत्रदेब गाउँपालिकामा पुगेर उनले त्यहाँको अवस्थाबारे जानकारी लिए । छत्रदेबमा ३४ जना कोभिड(१९ संक्रमित रहेको र संक्रमित स्वास्थ अवस्था सामान्य रहेको संक्रमित होम आइसोलेसनमा रहेको गाउँ पालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी गराए ।

सोही अनुगमनको क्रममा पालिकाको वडा न। २ मा पर्ने मथुराबेसिको एक होटलमा निषेधाज्ञा उलंघन गरिरहेको गतिविधिमा संलङ्न केही युबा तथा होटेल सन्चालकलाई उठबस गराइएको थियो । साथै उनीहरुले प्रयोग गरेका मोटरसाइकलको चाबी समेत जफत गरिएको थियो।

अनुगमनमा गाउँ पालिका अध्यक्ष लेखनाथ पोख्रेल , प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन प्रहरी निरीक्षक गणेश खनालसहितको टोलिले अनुगमन गरेको थियो । टोलिले स्थानीय बासिहरुलाइ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन तथा निषेधाज्ञाको पालना गर्न अनुरोध गरेको थियो ।