४ कुकुर मार्दै अरु पनि मार्छु भन्ने बल्लु चौधरी पक्राउ

582
धनगढी ।  धनगढी उपमहानगरपालिका-४ बिशालनगरमा नियमित रुपमा ४ वटा कुकुरको बीभत्स हत्याको फोटो सामाजिक सन्जालमा भाईरल भएपछि s स्ट्रीट पाउ संस्थाको अगुवाईमा बल्लु चौधरी पक्राउ भएको जिप्रका कैलालीले पुष्टि गरेको छ । चौधरी स्थानीयको बिरोधको बावजुद बिनाकारण सद्दे अवस्थाका चार कुकुरको बीभत्स हत्यापछि स्ट्रीट पव्ज कि अध्यक्ष ऋतिका गुरुङको अगुवाईमा बल्लु चौधरीलाई यस्तो नगर्न सम्झाउदा पनि अपराधी बल्लु चौधरीले अझै अरु कुकुर मार्ने बताउदै चेतावनी दिएको उपाध्यक्ष जीवन कार्कि ले बताउनुभयो । त्यसपछी स्ट्रीट पाउले आई.एलो.ओ., युएन को केन्द्रीय शाखामा उजुरी गरेपछि जनावरको अधिकारका लागि काम गर्ने हरि जोशीले राष्ट्रियस्तर मै कैलालीको घटना बारे आवाज उठाएका थिए । जोशीको पहलपछि समाजसेवी युवानेता क्षितिज भण्डारीले सस्थाको पदाधिकारीको धनगढी उपमहानगरपालिका- ३ का अध्यक्ष राजबहादुर ऎर सहित, को सरोकारवाला सस्था र प्रहरी बिच विभिन्न वार्ताको मद्य्यस्ता सहयोग गर्नुभएको सस्थाका महासचिव एन्जल चन्दले बताउनु भयो ।
भण्डारीको प्रत्यक्ष र सकारात्मक पहलकदमीपछि अध्यक्ष ऋतिका गुरुङले दोषी चौधरीलाई कुकुरको सम्मानपुर्बक दहासस्कार गर्नुपर्ने, कुकुरबिरालो वा कुनै पनि कानुनले प्रतिबन्धित जनावरपशुपन्क्षीको हत्याहिंसा नगर्ने र जनावर अधिकारकर्मीलाई धम्काउन बन्द गर्ने सहमति गर्दै प्रहरीकै जिम्मेवारीमा थप: कानुनी ब्यवस्था अनुसारको सजाय दिने सहमति भएको सहसचिव निर्मल भट्ट ले बताए । कोषाध्यक्ष रेखा खड्का ले चौधरीको क्षमायाचनापछि आफुहरुले प्रहरीकै जिम्मा लगाएर छोडेको यो सस्थाबाट भोलि पनि दर्जनौं कुकुरलाई सरसफाई गर्दै खाना खुवाउने कार्यक्रम रहेको बताईन । समाजसेवी युवानेता भण्डारीले यो सफलताको लागि केन्द्रीय अध्यक्ष गुरुङ सहित उपाध्यक्ष जीवन कार्कि, महासचिव एन्जल चन्द,सहसचिव निर्मल भट्ट र कोषाध्यक्ष रेखा खड्कालाई खादा र मास्क दिएर सम्मानित गर्नुभएको अधिकारकर्मीले आभार ब्यक्त गरेका छन् ।