मातातिर्थ औँशिको शास्त्रीय महत्व

416

–अनन्त प्रसाद घिमिरे , पाणिनी-५,अर्घाखाँची ।

संसारको सबैभन्दा पवित्र एवम् अतुलनीय नाता हो आमा । संसारको सबैभन्दा पवित्र सम्बोधन आमा । यही आमाको मुख हेर्ने दिन हो वैशाख कृष्णपक्षको औंसी अथवा मातातीर्थ औंसी । पाैराणिक शास्त्रहरुमा पनि आमालाई निकै उच्च स्थानमा राखेको छ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
(अर्थात् आफुलाइ जन्मदिने आमा र आफू जन्मिएको माटो स्वर्गभन्दा पनि महान हुन्छन् त्यस्तै सन्तान खराब बन्न सक्छ तर आमा कहिल्यै खराब बन्न सक्दिनन् ।)

यहाँ उल्लेख गरिएका शास्त्रीय संस्कृत श्लोकहरुले पनि आमा अर्थात् मातृ महिमा बोकेका छन् । यिनै उच्च महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन पनि भन्ने गरिन्छ त्यस्तै मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो। संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा। हामीमध्ये धेरैले सर्वप्रथम तोतेबोलीमा बोल्न सिकेको शब्द हो आमा ।अनि पल पलमा सम्झना आउने, सुख एवम् दुख दुबैमा मनमा आउने सम्मानित तस्वीर हो आमा ।

आजको पवित्र दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन रहेको छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।

पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाको आत्माले तृप्ति पाउने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।
अन्त्यमा सम्पुर्ण मातृशक्तिहरुमा हार्दिक नमन।।             लेेेखक नेेपाल ज्योोतिष  परिषद् अर्घाखाँचिका उपााध्यक्षहुन् ।