कस्तो छ तपाईंको भाग्य ? हेर्नुहोस् आजको राशिफल । मिति २०७८/०१/२९ गते ।

658

आजको राशीफल:
आज मिति २०७७ साल बैशाख २९गते बुधवार।
सन् २०२१ मइ १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष प्रतिपदा तिथि। कृतिका नक्षत्र ।
किंस्तुघ्न करण। सिध्दि योग । वृष राशीमा चन्द्रमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक तथा सामाजिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम खालको देखिन्छ ।पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवश्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिएमात्र नाफा कमाउन सकिनेछ सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरु लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आमासँग छुट्टिएर टाढाको यात्रा हुने हुनाले मन केही चिन्तित हुनेछ। कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नभएको राम्रो देखिन्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा हात लाग्नेछ । तपाईको इमान्दारिताको सबैले कदर गर्नेछन् । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । मध्यान्ह पछिको समय केही कमजोर देखिन्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक क्षेत्रमा ख्याति बढ्नेछ । आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि राम्रो छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृढ हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा विशेष सफलताको सम्भावना देखिन्छ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ ।
।।जय होस् ।। लेेखक नेेपालज्योतिष परिषद् अर्घाखाँचिका उपााध्यक्ष हुन् ।