सुरेशमणि त्रिपाठी
नेपालमा कोरोना भाइरसको महामारी दिन प्रतिदिन भयावह बन्दै गइरहेको छ र यसै बिच सबैको ध्यान oxygen plant अर्थात् oxygen cylinder तर्फ मात्र दौडेको देखेर मलाई के लाग्यो भने oxygen मात्र समस्याको समाधान होइन, यसको साथ साथै रोग को identification समयमै अर्थात् कम भन्दा कम समय भित्र पत्ता लगाउनु पनि आजको आवश्यकता हो ।

आज देशमा कसैको ध्यान pcr report २४ घण्टा भित्र जनतालाई उपलब्ध गराउने तिर अर्थात् त्यो किसिमको भौतिक संरचना निर्माण गर्ने तिर केन्द्रित भएको देखिएन ।
जब सम्म pcr test गर्ने भौतिक संरचना व्यापक रूपमा स्थापना अथवा केहि घण्टा भित्र test को रिपोर्ट दिने वातावरण बन्दैन तब सम्म मानिसले स्वास्थ्यको उपचारको अनुभुति नै नगरी oxygen नपाइकन अनाहक रूपमा ज्यान गुमाउन बाध्य भइरहने छन् ।

एउटा सानो उदाहरण सुदुरपश्चिम स्थित धनगढी को कुरालाई नै लिन्छु। Pcr test को लागि स्वाब दिएको ४ देखि ५ दिन पछि मात्र स्वाब दिएको व्यक्तिले आफ्नो report प्राप्त गर्छ। यदि report प्राप्त गर्ने व्यक्ति corona positive निस्क्यो भने त्यो ४-५ दिन को समय भित्र ऊ उचित treatment नपाइकन ज्यान गुमाउन सक्ने उच्च सम्भावना त हुन्छ नै साथ साथै अरूलाई संक्रमित गर्न सक्ने जोखिम पनि उत्तिकै बढेर जान्छ।

भनिन्छ, एउटा कोरोना संक्रमित व्यक्तिले ३ देखि ४ जना सम्मलाई भाइरस सार्न सक्छ। कैलाली जिल्लाको सदरमुकाम धनगढीमा जिल्ला भरीको प्रत्येक दिन ८०० देखि १००० सम्म स्वाब संकलन गरिन्छ। र अहिले सम्मको ट्रेन्ड हेर्ने हो भने total संकलित sample को ५५%;(४४०) जना प्रत्येक दिन संक्रमित हुन्छन्। ती संक्रमित बाट २०० जना(चेतनाको कमी भएको)लाई आधार मानेर संक्रमण फैलिने रेसियो १:२ ले geometrical progression method बाट निकाल्ने हो भने ५ दिन भित्र कुल संक्रमितको संख्या ६२०० हुन्छ र पाँचौं दिन मा मात्र ३२०० जना संक्रमित हुन्छन्। यो त एउटा जिल्लाको उदाहरण मात्र हो। यसै बाट तपाईं आफै अनुमान लगाउनुहोस् समयमा report नआउदा स्थिति कती भयावह बन्दै जाने छ। अहिलेको अवस्था आउनुको मूल कारण पनि यहि हो। समयमा सरकारले report उपलब्ध गराउन नसक्नु नै मूल कारण हो।

यदि अहिले पनि हामी pcr रिपोर्ट छिटो छरितो उपलब्ध गराउन ढिलाइ गर्यौं भने संक्रमित को संख्या तीव्र रूपले बढ्दै जानेछ र अस्पतालमा विरामीहरुले oxygenको चरम अभावको सामना दिन प्रतिदिन गर्दै जान पर्ने हुन्छ जहाँ गएर हाम्रो स्वास्थ्य प्रणाली नै धराशयी हुन पुग्छ।

जस्तो की हाम्रो भन्दा धेरै राम्रो स्वास्थ्य प्रणाली भएको देश भारत आज त्यहाँको स्वास्थ्य प्रणाली धराशयी भैसकेको अवस्था छ। जहाँ प्रत्येक दिन हजारौं को संख्यामा संक्रमितहरु ज्यान गुमाउन बाध्य छन्। त्यो स्थिति नेपालमा पनि नआउला भन्न सकिन्न। यदि समय रहँदै उचित कदम चालिएन भने हप्ता दिन भित्र प्रत्येक दिन कोरोना बाट ज्यान गुमाउने को आँक्डा १००० पार हुने छ।
संक्रमित लाई oxygen को स्थिति सम्म पुग्न नदिनु अर्थात् oxygen को चाप अस्पतालमा कम गर्न नै pcr report कम भन्दा कम समय भित्र उपलब्ध गराउनु उत्तम विकल्पको रूपमा साबित हुने छ।