लुम्बिनी प्रदेश सरकारद्वारा अर्घाखाँची अस्पताललाई १५ लाख विनियोजन

268

अर्घाखाँची, बैशाख ३१ । काेराेना भाईरसकाे संक्रमणकाे राेकथाम संक्रमितकाे पहिचान र उपचारकाे लागि आबश्यक कार्य गर्न लुम्बिनी प्रदेश सरकारले जिल्ला अस्पताल र स्वास्थ्य कार्यलयलाई रकम उपलब्ध गराउने भएकाे छ ।

जिल्ला अस्पताल अर्घाखाँचीलाई १० लाख र स्वास्थ्य कार्यालयलाई ५ लाखकाे दरले रकम उपलब्ध गराउने निर्णाय गरेकाे हाे ।

काेराेना महामारीका लागि जिल्लामा अत्यावश्यक सेवा प्रवाह र व्यवस्थापन लगायतमा उक्त रकम खर्च हुने आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यकाे सचिवालयले जानकारी दिएकाे छ।