आम्दानीको स्रोत बन्दै अर्घाखाँचीमा सञ्चालन भएको स्मार्ट कृषि कार्यक्रम

245

घनश्याम पौडेल
अर्घाखाँची, ३१ बैशाख । भुमि, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सञ्चालन गरेको ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम आम्दानीको बलियो स्रोत बनेको छ । अर्घाखाँची जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क र ख मा आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालनमा आएको स्मार्ट कृषि कार्यक्रम जिल्लाका ६ वटै स्थानिय तहमा सञ्चालनमा आएको छ ।

पाणिनी गाउँपालिकाको धातिवाङ्ग, मालारानी गाउँपालिकाको बामरुक, शितगंगा नगरपालिकाको सिमलपानी पावरा, भुमिकास्थान नगरपालिकाको राईखन्ने, सन्धिखर्क नगरपालिकाको कुँडुले, बिर्ति र सुक्मी फाँट र छत्रदेव गाउँपालिकाको भगवतीमा कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्रसार अधिकृत विवेक पन्तले बताए । स्मार्ट कृषि कार्यक्रम सञ्चालन हुनुपुर्व परम्परागत खेतीमा आवद्ध रहेका अर्घाखाँचीका कृषकहरु व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् ।

व्यवसायीक रुपमा खेती गर्ने कृषकहरुको जिवनस्तर उकास्नका लागी स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएको हो, ‘प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले भने।’ अर्घाखाँचीमा सञ्चालन भएको स्मार्ट कृषि कार्यक्रम प्रभावकारी देखिएको छ । स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएका ठाउँमा सहकारी गठन गरी ४ वर्षसम्म प्रदेश सरकारले गरेको लगानी सहकारीको जिम्मेवारीमा रहनेगरी स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिन्छौँ।’

घरमा टनेल नभएकाहरुका घरमा एक घर कम्तीमा १ देखी बढीमा ८ वटासम्म टनेल निमार्ण भई व्यवसायीक खेतीमा कृषकहरु लागेका छन्, सिद्धेश्वर स्मार्ट कृषि कार्यक्रम धातिवाङ्गका अध्यक्ष पुष्कर पौडेलले बताए ।
परम्परागत खेतीलाई अन्त्य गरी आधुनिक कृषि प्रणालीमा लागेका छौँ, यस आर्थिक वर्षमा कार्यालय सञ्चालनको लागी र तरकारी, दुध संकलनका लागी भवन निमार्णको काम अन्तिम चरणमा पु¥याएका छौँ । सिचाँईको लागी कुलो निमार्ण, अस्थायी टनेल निर्माण, स्थायी टनेल निमार्ण, कृषकहरुका लागी तालिम, उत्कृष्ट कृषक सम्मान गर्ने लगाएतका कार्यक्रमहरु रहेका छन् ।

चालु आर्थिक वर्षमा सञ्चालनमा आएको सन्धिखर्क स्मार्ट कृषि कार्यक्रम पनि प्रभावकारी देखिएको छ । यहाँ मल्चिङ्ग प्लाष्टिकको प्रयोग, थोपा सिचाई, तरकारी विउपल वितरण, २१५ वटा अस्थायी टनेल निमार्ण भएका छन् ।
उत्पादनमा वृद्धि भएको छ, यहाँका कृषकहरु खुसी छन, स्मार्ट कृषिका अध्यक्ष प्रेमनारायण भुसालले भने ‘बेमौसमी रुपमा तरकारी उत्पादन भएको छ । यहाँ टमाटर, काक्रो, लौका, बन्दा, काउली, सिमी लगाएतका तरकारी उत्पादन भएको छ । विक्रीका लागी नजिकै रहेको सदरमुकाम सन्धिखर्कमा विक्री गरेका छौँ, कोरोनाका कारण विक्रीमा अब समस्या आउँला जस्तो देखिएको छ, भुसालले भने ।

कृषि ज्ञान केन्द्र अर्घाखाँची र स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएका ६ वटा कार्यान्वयन समितीका बिचँ सम्झौता भई समितीले कार्य गरेका छन, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख राममिलनप्रसाद विश्वकर्माले भने । अहिलेसम्म सन्धिखर्क स्मार्ट र पावरा स्मार्टको काम लगभग सम्पन्न भईसकेको छ, अन्य ठाउँमा पनि काम सञ्चालन भएको छ । कार्यक्रम सञ्चालन भएका ठाउँमा सिचाईका लागी कुलो निमार्ण पश्चात उत्पादनमा वृद्धि भएको पाईन्छ, प्रमुख विश्वकर्माले भने ।
परम्परागत रुपमा खेती गर्दै आएका अर्घाखाँचीका कृषकहरु व्यवसायीक खेतीतर्फ उन्मुख भएका छन् ।

स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएका ठाउँमा मात्रै होईन जिल्लाभर हजारौँ संख्यामा व्यवसायीक रुपमा कृषि क्षेत्रमा आवद्ध कृषकहरु रहेका छन् । जिल्लामा रहेका ६ वटा स्थानिय सरकारले पनि कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।