अक्सिजनका सिलिण्डरमा लोलाएका आँखाहरु !

368

दामोदर भट्टराई (बद्री)

अक्सिजनका सिलिण्डरमा लोलाएका आँखाहरु
आफन्तका लाशहरुमा टोलाएका आँखाहरु
आजभोली कर्कश लाग्न थालिसक्यो
रोदन अनि क्रन्दनका भाकाहरु
अक्सिजनका सिलिण्डरमा लोलाएका आँखाहरु
भेण्टिलेटरका भेण्टमाथी चालिएका चालहरु
भोकोपेटमा ब्रजारिएका रित्ता थालहरु
लाशमाथी लाशै लाश, भरिएका छन पाखाहरु
अक्सिजनका सिलिण्डरमा लोलाएका आँखाहरु
बन्दगरी गाँउ शहर, राता बत्ति चमकधमक
छिमेकीको पिउसो छ्यिो सिंहदरबार लमकलमक
वालुवाटरमा बन्दै छ रे, टाउकाका खाकाहरु
अक्सिजनका सिलिण्डरमा लोलाएका आँखाहरु

(बुढानिलकण्ठ-१२ कपन काठमाडौं)