कस्तो छ आजको तपाईंको भाग्य ? हेर्नुहोस् राशिफल , २०७८/०२/०१ गते शनिबार

532

अनन्तप्रसाद घिमिरे ।
आज मिति २०७८ साल ज्येष्ट ०१गते शनिबार । सन् २०२१ मइ १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष चतुर्थी/पन्चमी तिथि। आर्द्रा नक्षत्र । बब करण । वज्र योग । मिथुन राशीमा चन्द्रमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय त्यति राम्रो छैन । बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला ।जीवनसाथी तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ। व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला। ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेमको बन्धन कसिलो हुँदै जानेछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आजको दिन उपलब्धिमुलक कामहरुमा व्यस्त भइएला । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावली पक्षबाट विशेष सहयोग प्राप्त होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आकस्मिक लाभको सम्भावना देखिन्छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।अचल सम्पत्ती हात लाग्ने सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवारसग सामान्य विषयमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायबाट सोचेअनुरुप फाइदा हात लाग्ला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) यात्रामा विभिन्न खालका समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भइनेछ । मध्यान्हपछिको समय आर्थिक क्षति हुन सक्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनको क्षेत्रमा विशेष सफलताको योग देखिन्छ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारका
सदस्यहरुसग हासखेलका साथ समयबिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । माया प्रेमको सम्बन्ध झन बलियो हुँदै जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा केही असामान्य अवस्था सिर्जना हुनसक्छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट प्रशस्त लाभ प्राप्त गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आकस्मिक लाभको गतिलो योग रहेकोछ । तपाईको कार्यकुशलताको सबैले प्रशंसा गर्नेछन् । आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध सुमधुर बन्नेछ तर अपरान्हपछि स्वास्थ्यमा केही समस्या देखिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरपरिवारबाट तपाईंलाई पुर्ण साथ मिल्नेछ । विभिन्न अवसरहरुले तपाईंको साथ दिनेछन् । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवारका साथमा रमाइलो गरि दिन बित्नेछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने आफ्ना प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अर्कासँग नजिक हुने समय रहेकोछ । लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।