सफतमा प्रधानमन्त्रीको नियत र ढोङ्ग छताछुल्ल: नेबिसंघ

265
काठमाडौँ । ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिना ले प्रधानमन्त्रीले आफ्नो सफतमा प्रतिज्ञा भन्ने शब्द ‘यो पर्दैन’भन्दै उच्चारण नगर्नु र संबैधानिक ब्यबस्था अनुरुपको ईश्वर को नाममा सफत नखाएर पुन: संविधानको उलंघन गर्दै अफ्नो निरन्तरको कीर्तिमानि कायम गरेको बताएका छन ।
महामन्त्री तिमल्सिनाले सत्य,निष्ठा को बाटो हिड्ने सोच र नियत नै नभएको ब्यक्तिले सत्य र निष्ठा पूर्वक प्रतिज्ञा गर्छु भनेर सपथग्रहण गर्न नसक्नु सामान्य कुरा भएको बताए ।
संविधान र कानुनी ब्यबस्थाको धज्जी उदाउँदै बिगतकै प्रवृत्ति दोहोर्याएको जनाए । “फेरि ईश्वर को कुरा त अप्ठ्यारो पर्दाको रणनीतिक चालबाजी मात्र भएको, पशुपति जाने,राम मन्दिरको ढर्रा बजाउने सबै ढोङ्ग मात्र भएको भन्दै सफतमा किने लिन्थे ईश्वरको नाम ? तिमल्सिनाले बिग्यप्तीमा भनेका छन ।