मुक्तक
एकलाई अर्कोको, भर मिल्न सक्छ !
नयाँ कुरा सिक्ने, अबसर मिल्न सक्छ !!
किन तँपाई प्रेमलाई, नराम्रो भन्नु हुन्छ…
बेसाहारा मान्छेलाई, घर मिल्न सक्छ !!
मुक्तक !
यादमा धेरैको, हराउने बानी हुन्छ !
सुटुक्क कसैलाई मन, पराउने बानी हुन्छ !!
माया र प्रेम त सधै सबैले, ब्यक्त गर्नु पर्छ..
देखेको छु कति कतिको, डराउने बानी हुन्छ !!
मुक्तक !!
सम्बन्धलाई सबैभन्दा, प्यारो बनाउनुस !
सक्नुहुन्छ पत्थर जस्तै, साह्रो बनाउनुस !!
अनि मात्र तँपाईहरुको, मिलन हुन सक्छ…
आँखा लगाउनेको मन, अध्यारो बनाउनुस !!