त्यो पर्दैन !

720

घनश्याम पौडेल

शुक्रबारको दिन थियो । बिहानको खाना खाएर दिउँसो मस्त निद्रामा थिए । देशको प्रधानमन्त्री पदमा नियुक्त केपी शर्मा ओलीले सपथ लिने कार्यक्रम दिउँसोको २ बजे तय भएको थियो । तर विविध कारणबस सपथ कार्यक्रम करिब ३ बजेतिर भएको थियो । सपथ कार्यक्रम टेलिभिजनमा लाईभ हेर्नका लागी बसेको थिए, तर गाउँमा विद्युत अवरुद्ध भएका कारण लाईभ हेर्न सकिएन् ।

सपथ सकिएको केहि समयपछि लाईन आयो, तर घरमा नेटमा समस्या रहेछ, नेट केही समय चलेन । बेलुका ७ बजेमात्रै नेट चल्यो । त्यसपछि सामाजिक सञ्जाल फेसबुक हेर्दा त्यो पर्दैन भन्ने वाक्य जताततै थियो । कतिपयले सपथ खुबाउने क्रममा राष्ट्रपतिले भनेको कुरा प्रधानमन्त्रीले नभनेको भन्दै सञ्जालमा व्यङ्ग हानेका थिए । त्यसपछि मैले सामाजिक सञ्जालमा जताततै त्यो पर्दैन भन्ने शव्द देखेपछि के भएको रहेछ भनेर दिउँसोको सपथ कार्यक्रम युटुव मार्फत हेरे ।
उक्त राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ खुबाउँदा प्रधानमन्त्रीले निष्ठापुवर्क प्रतिज्ञा गर्छु भन्ने शव्दमा प्रतिज्ञा गर्छु भन्ने शव्दलाई त्यो पर्दैन भनेपछि राष्ट्रपति हल्का हासिँन ।

‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो–याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का हाँसिन् । सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो प्रतीत हुन्थ्यो ।

संविधानमा नै उक्त सपथ लेखिएको रहेछ, तर प्रधानमन्त्रीले त्यो पर्दैन भन्दा सामाजिक सञ्जालमा विशेष गरेर प्रतिपक्षबाट विरोध भएको छ । तर सरकारपक्षबाट कमैले ठिक नभएको कुरा सञ्जालमा राखेका छन् । तर सपथ खुवाउँदा अनुसुचि ८ को नियम ५० सँग सम्बन्धीत ढाचाँमा प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथको ढाचाँ यसरी उल्लेख गरिएको रहेछ ।

May be an image of text

अनुसुचीमा उक्त कुरा उल्लेख गरिएतापनि देशको प्रधानमन्त्रीले सपथ खादाँ राष्ट्रपतीले भनेको कुरा त्यो पर्दैन भन्नुमा केही न केही कमजोरी पक्कै छ । सपथ खानुपुर्व राष्ट्रपति कार्यालयका कर्मचारी, प्रधानमन्त्रीका सल्लाहकारले ख्याल नगर्नुलाई कमजोरीको रुपमा लिईन्छ ।