विश्व हिन्दू युवा संघ स्याङ्जा द्वारा पूर्वीय दर्शनमा आधारित शिक्षा र अर्थनीति विषयक कार्यक्रम सम्पन्न

183

स्याङ्जा : विश्व हिन्दू युवा संघ स्याङ्जा द्वारा जुम एप्स मार्फत पूर्वीय दर्शनमा आधारित शिक्षा र अर्थनीति विषयक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सभापतित्व विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेल ले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा विश्व हिन्दू युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेश जंग शाह ले गरेका थिए। कार्यक्रममा विशिष्ठ अतिथि भीरकोट नगरपालिका का प्रवक्ता दीपेन्द्र केसि, नेपाल ज्योतिष परिषद्का केन्द्रिय सदस्य शिवलाल पौडेल,प्रकाश तिवारी, अनुप श्रेष्ठ, मोहमद इकबाल, लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमममा केन्द्रिय अध्यक्ष शाहले नेपालको अर्थनीति र शिक्षा नीति परिवर्तन गर्न पर्ने कुरा बताए।उनले हामीहरूले देशलाई विकास गर्नु छ भने पूर्वीय दर्शनको आधारमा हिँड्न पर्ने र यसलाई अगाल्न पर्ने कुरा जनाए। संस्कृत भाषा नै विश्वले ढिलो चाँडो आगल्ने कुरा बताए। विश्व हिन्दू युवा संघ कुनै पार्टी र आस्थाको मात्र नभएर यो सम्पूर्ण नेपाली हरूको साझा संगठन भयको कुरा व्यक्त गरेका थिए।

विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेल ले विश्व हिन्दू युवा संघ स्याङ्जा देशकै नमुना भयर देखाउने कुरा व्यक्त गरेका थिए।

कार्यक्रमममा भीरकोट नगरपालिका प्रवक्ता एबम् वार्ड नं १ अधक्ष्य दीपेन्द्र केसि, प्रकाश तिवारी, अनुप श्रेष्ठ, मोहमद इककाल लगायत वक्ताहरुले पूर्वीय दर्शनको बारेमा आफ्नो कुरा राखेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य कुशल बस्याल, कार्यसमितिको अहिले सम्मको कार्यहरू केन्द्रिय अध्यक्ष लाई प्रज्वल रनपालले राखेका थिए, धन्यावाद मन्तव्य मणि सुवेदीले राखेका थिए भने कार्यक्रमको सञ्चालन विश्व हिन्दू युवा संघ स्याङ्जा का सक्रिय युवा हरी रेग्मीले गरेका थिए ।