आजको राशिफल मिति २०७८/०२/०३ गते सोमबार । तपाईंको दिन शुभ रहोस् ।

383

अनन्तप्रसाद घिमिरे
आज मिति २०७८ साल ज्येष्ठ ०३ गते सोमबार । सन् २०२१ मइ १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष षष्टी/सप्तमी तिथि। पुनर्वसु/तिष्य नक्षत्र। काैलब करण । धुम्र योग । कर्कट राशीमा चन्द्रमा ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)विचारको अस्थिरताले बाधा उत्पन्न गर्नेछ। रोजगार-व्यवसायको क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन रहला। महत्वपूर्ण निर्णय गर्नुपुर्व सल्लाह सुझाव लिएर गर्नु उत्तम रहनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाउदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)तपाईको दिन लाभदायक साबित हुनेछ। बिहानी ताजा र खुशी अनुभुति हुनेछ। साथी र आफन्तसँग मिलेर उत्तम भोजनको मज्जा लिनुहुनेछ। आर्थिक लाभ हुनुको साथै कैयौँ ठाउँबाट उपहार प्राप्त गर्नुहुनेछ। सबैसँग रमाईलो क्षण बिताउनुहुनेछ। विवाहित जीवन अनुकूल रहला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)शरीर र मनमा बेचैनी तथा अस्वस्थ अनुभव हुनेछ। मनमा शंका र दुविधाको कारण निर्णय गर्न गाह्रो हुनेछ। विशेष रूपले परिवारको सदस्यसँग मनमुटावको प्रसंग बन्नाले मन उदास रहनेछ। आमाको स्वास्थ्य चिन्ताको कारण बन्नेछ। पैसा खर्च हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)नयाँ कार्यहरू सुरु गर्नको लागि योजना कार्यान्वयन गर्न उत्तम समय रहेको छ। व्यापारमा लाभ हुनेछ। रोजगारीको पदोन्नति हुन सक्ला। पिताको तर्फबाट विशेष लाभ हुनेछ। परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। घरायसी मेलमिलाप हुन सक्ला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) तपाईले दिन सावधानीपूर्वक बिताउनु पर्ने हुन्छ। नयाँ कामको थालनी नगर्नुहोला। क्रोधावेश र अनैतिक आचरणले कठिनाईमा पुर्याउन सक्ला। समयमा नै भोजन नमिल्दा दिन खल्लो जस्तो अनुभुति हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे) बौद्धिक, तार्किक, विचार विनिमय र लेखन कार्यको लागि शुभ दिन रहको छ । मनोरन्जन, भ्रमण, साथीसँग भेटघाट , सुन्दर खाना र लुगा, विपरीतलिंगी व्यक्तिसँग निकट हुनाले दिन रमाइलो र रोमाञ्चक रहनेछ । जीवनसाथीसँगको सम्बन्ध घनिष्ठ रहनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिभिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द) तपाई सन्तान र स्वाथ्यको विषयमा चिन्तित रहनुहुनेछ। अपचको समस्या हुन सक्ला। विचार परिवर्तन हुनाले मानसिक स्थिरतामा बाधा उत्पन्न गर्नेछ। नयाँ कार्य आरम्भ नगर्नु नै फाईदाजनक साबित हुनेछ। यात्रामा कैयौँ कठिनाइ हुन सक्ला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि) शारीरिक तथा मानसिक भय रहनेछ रहनेछ । कुटुम्बसँग वाद -विवाद हुनेछ। आमाको स्वास्थ्य खराब हुन सक्ला। अनावश्यक घटनाहरूले उत्साहमा कमी ल्याउनेछ । विशेषगरी गरेको लगानीबाट असन्तोष सिर्जना हुन सक्छ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन्