महामारिमा मुल्यबृद्धी : भ्रष्ट सरकारको जनता मार्ने नियत हो-नेबिसंघ

393

काठमाडौँ । माहामारिका बिचमा पनि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी प्र्ति नेपाल विद्यार्थी संघले रोष प्रकट गरेको छ ।

नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले कोरोना महामारीको कहरले नागरिक मरिरहेको भयाबह अवस्थाले जनजीवन अत्यन्तै कष्टकर बन्दै गैरहेको, रोजगार,आय-आम्दानी र अबसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने संकटपुर्ण अवस्थामा पनि अनेक बाहानामा सरकार जनताको ढाड सेक्न तल्लीन भ्रष्टाचारमा लिप्त सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णयको घोर भर्सना गरेका छन।

महामन्त्री तिमल्सिनाले हिजो राति नै प्रेश बिज्ञप्ती मार्फत जनतालाइ राहत र सहुलियतको जरुरी रहेको समयमा अन्य विकल्प तर्फ कुनै चासो नै नदिइ नेपाल आयल निगम द्वारा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने अब पेट्रोल १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ,यसबाट जनतामाथी झन चरम शोषण हुने स्थिति पैदा भएको छ भन्दै उपभोक्तालाई चरम पिडा दिनेगरी नेपाल आयल निगमले अत्यावश्यक उपभोग्य बस्तु पेट्रोलियम पदार्थ माथी गरेको मुल्यबृद्धी तत्काल फिर्ता गर्न र पटक पटकको चर्को मुल्यबृद्दी र भ्रष्ट,जनतामारा सरकारको ज्यादती विरुद्ध खबरदारी गर्न सबैमा अपिल गरेका छन ।