विश्व हिन्दु युवा संघले भोलि वेद र विज्ञान विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने

421

काठमाडौ ।

विश्व हिन्दु युवा संघले भोलि जुम प्रविधि मार्फत वेद र विज्ञान विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । खोजी मौलिकताको अभियान समृद्धिको भन्ने मुल नारालाई आत्मसात् गर्दै अघि बढेको युवा संघले आफ्ना गतिविधिहरु निरन्तर सन्चालन गरिरहेको छ ।

भोलि हुने जुम अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा क्यानडाबाट खाद्य तथा औषधि, आयुर्वेद विज्ञ डा नारायण घिमिरे  रहनुहुनेछ भने अन्य वक्ताहरु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाह, केन्द्रीय सदस्यद्वय डा. नारायण निरौला र विजय मल्ल रहनुहुनेछ ।

जुममा सहभागी हुन इच्छुक व्यक्तिले id – 84179995160 र password – 439522 लग इन गरि सहभागी हुन सक्ने कार्यक्रमका सहजकर्ता आशिष घिमिरेले जानकारी दिनुभयो ।