मालारानी । मालारानी गाउँपालिकाले मंगलबार एन्टीजेन्ट किट मार्फत कोरोना परिक्षण गर्ने मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिनु भयो । पालिकाबासीहरुमा कोरोना संग मिल्दो जुल्दो लक्ष्ण देखिएमा नजिकको स्वास्थ्य संस्थाका स्वाथ्यकर्मीको समन्वय गरि पालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा आई परिक्षण गर्न पन्थीले आग्रह गर्नु भएको छ ।
मालारानी गाउँपालिकाले मालारानी ४ खन गुफा भन्ने स्थानमा मेडिकल अधिकृत सहितको कोभिड अस्पताल समेत सञ्चालन गरेको छ । भोली बिहान १० बजेदेखी परिक्षण सुरु गर्ने गरि सम्पूर्ण तयारी पुरा भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । कोरोना महामारी नियन्त्रण गर्नको लागी स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने , लकडाउनको पूर्ण कार्यन्वयन गर्न समेत अध्यक्ष आचार्यले पालिकाबासीहरुलाई आग्रह गर्नु भएको छ ।