नवनियुक्त अध्यक्ष लाई प्युठान अस्पतालमा स्वागत

233

कृष्ण परियार, अर्घाखाँची ।
प्युठान जिल्ला अस्पतालको विकास समिति अध्यक्ष सिद्धिमणी सुवेदी तथा सदस्य टिका सुवेदीलाई आज एक कार्यक्रमका बिच जिल्ला अस्पतालमा स्वागत गरिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बैशाख ३१ गतेको निर्णय अनुसार उक्त पदको लागी मनोनीत दुवै जनालाई हार्दिक बद्याई संगै अस्पतालमा स्वागत गरिएको हो ।
प्युठान अस्पतालका प्रमुख डाक्टर नविन दर्नालले दुवै जनालाई स्वागत गर्दै सफल कार्यकालको लागी शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष र सदस्यमा नयाँ मनोनित भएसंगै निबर्तमान अध्यक्ष एव जि.स.स प्रमुख केशवराज आचार्य र सदस्य तथा उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपती लाई धन्यवाद संगै बिदाई गरिएको छ ।