देशका प्रधानमन्त्रीले ” इश्वरीय शक्ति “को अवलम्बन नगर्नु गलत – मौलिक जरोकिलो पार्टी

296

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आज राष्ट्रप्रमुख विद्यादेवी भण्डारी ज्युबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने क्रममा शपथको बेहोरामा उल्लेख भएका शब्दहरू पूर्णरुपले नपढी शपथ ग्रहण गरेको हुँदा प्रधानमन्त्रीको शपथ ग्रहण प्रक्रिया गलत भएको मौलिक जरोकिलो पार्टीले ठहर गरेको छ ।

पार्टी प्रवक्ता मित्रलाल शर्माले प्रेस विज्ञप्ति जारी गर्दै शपथ ग्रहणको बुँदा नपढी वैधानिकता नपाउने भएकोले प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गर्नुपर्ने पार्टीले माग गरेको छ । शपथ ग्रहणको क्रममा राष्ट्रपतिबाट उच्चारण भएका शब्दलाई ’त्यो पर्दैन’ भनेर सार्वजनिक कार्यक्रममा भन्नु राष्ट्रप्रमुखलाई गर्नुपर्ने मर्यादाको प्रतिकूल भएको पार्टीको ठहर छ ।

No description available.

साथै, बहुसंख्यक जनता आस्तिक भएको देशका प्रधानमन्त्रीले शपथग्रहणमा “ईश्वरीय शक्ति“ को अवलम्बन नगर्नु गलत भएको हुँदा यसलाई सुधार्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।