युवा ज्योतिषी कल्की पोखरेलको ज्योतिषीय रोचक तथ्य

490

कल्की पोख्रेल ।

विश्वभर कोरोना भाईरस बढिरहेको पनि एक बर्ष भन्दा बढि समय भयो । जनता दिनदिनै आजित हुँदै गएका छन् भने अर्थतन्त्रमा र जनताको जिवन स्तरमा ठुलो असर गरिरहेको छ । नत यसको कुनै औँषधी पत्ता लागेको छ । यस्तो अवस्थामा कोरोना भाईरस एक मानिस देखि अर्को मानिसमा विस्तार हुँदै जाने क्रम जारी भएकोले यसको फैलावट निकै चर्को गतिमा देखिन्छ । यो भाईरसले किन मानिसको जिवनमा मात्र असर गरेको होला मेरो मनमा जिज्ञासा बार बार आईरहेकोले मेरा आफन्तजन साथीभाईहरू कोरोना भाईरसले आक्रमण गरेको र उहॉहरूको पिडा सुन्दा निकै दर्द भएकोले म आफू ज्योतिष क्षेत्रमा बिगत सात बर्ष देखि लाग्दै आएको छु ।

अहिलेको समय भनेको घर भित्र नै रहेर आफु पनि बचौ र अरूलाई पनि बचाउ भन्ने सन्देश आफुले ज्योतिष क्षेत्रबाट दिने ईच्छा मनमा आईरहेको हुनाले मैले यो खालि समयमा जो महानुभावलाई कोरोना पुष्टि भएको छ । उहॉहरूको जन्म बिवरण र कोरोना लागेको समय हेर्दा जति पनि म कहॉ आएको जन्म बिवरण हेर्दा कोरोना लाग्ने गरेको व्यक्ति जन्म कुण्डली हेर्दा एउटा रोचक तथ्य नजिक म ज्योतिषी कल्की पोखरेल पुगेको महसुुस भएको छ । यो नियम भने ज्ञद्द राशि र ग्रह दशा र अन्तर दशामा कुन ग्रह चल्छ र ब्याक्तिको राशिबाट गोचरमा कुन ग्रह कुन भावमा छ भन्ने तथ्यसँग पुर्ण रूपमा आधारित छ जस्तो लाग्छ । कुनै पनि व्यक्ति लागि कुन समय सम्म यो भाईरसबाट बच्न आवश्यकता पर्दछ भन्ने तर्कसँग जोड दिन सकिएला ।

म आफुले यस्तै अरू नयाँ रोचक विषयमा पनि रिसर्च गरिरहेको छु जुन सफल हुन अझ केहि बर्ष लाग्न सक्छ। जुन तथ्य सफल भएपछि सम्पुर्ण युवा युवति देखि लिएर अविभावक समेत यसबाट लाभ लिने सक्ने छन् । जुन विषय अहिले नै खुलाउन चाहँदिन । धन्यवाद
युवा ज्योतिषी कल्की पोखरेल नेपाल ज्योतिष परिषद्का आजिवन सदस्य एवम् गण्डकी प्रदेश पार्षद हुन् ।