काँग्रेस र माओवादीले भने:- नयाँ सरकार गठनको आह्वान असंवैधानिक र आपत्तिजनक

270

काठमाडौं । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान असंवैधानिक भएको भन्दै आपत्तिजनाएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले ‘धारा ७६९३०को सरकारले उपधारा ४ प्रयोग गर्नुपर्ने हो,’ ‘त्यो प्रयोग नगरिकनै एकैचोटी उपधारा ५ मा जम्प गरे।’ उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उद्देश्य नयाँ सरकार गठन नहोस् भन्ने रहेको माओवादीले बताएको छ।

नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधी तोकिनु आश्चर्यको विषय छ । यसबारे भोली बिहानै छलफल गरेर थप कदम चाल्ने काँग्रेसले बताएको छ ।