संविधान माथी पटकपटक कु गर्ने राष्ट्रपति र प्रधानमन्त्री लाई अपदस्थ गरौं :नेबिसंघ

352

काठमाडौँ । नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमंत्रीले मिलेर फेरि संविधानको खिल्ली उडाएका भन्दै पछिल्लो राजनीतिक कदमलाई प्रतिगमनको संज्ञा दिँदै घोर भर्त्सना गरेको छ । नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना द्वारा जारी बिज्ञप्तीमा प्रधानमंत्रीले प्रतिनिधि सभामा विश्वासको मत नलिई वा म विश्वासको मत लिन सक्दिन भनेर राजीनामा नगर्दा सम्म धारा ७६ (५) को सरकारकाे प्रक्रिया शुरू हुनै नसक्ने हुँदा राष्ट्रपतिले संसदको अधिकार क्षेत्रको काममा अनुमान गर्न मिल्छ ? भन्दै आक्रोश प्रकट गरेका छन् ।

राष्ट्रपति र प्रधानमंत्रीले संविधान माथी जालसाजी र कु गरेका छन र यो घाेर अलाेकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी,अनैतिक र प्रतिगामी कदम हाे,जुन कदापि क्षेम्य हुदैन भन्दै महामन्त्री तिमल्सिनाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान माथी पटकपटक गरीरहेकाे अक्षेम्य अपराधका निम्ति केबल तत्काल पदमुक्त बाहेक अरु कुनै बाटो बाँकी नरहेकोले समयमै नयाँ सरकार बनाएर के.पि.ओलि र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न ढिला नगरौं भन्दै उनले मातृ पार्टी नेपाली काँग्रेस लगाएत दलका नेताहरूलाई आग्रह गरेका छन ।