काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताएका छन् ।
अध्यक्ष बस्नेतले संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध भएको दाबी गरेका छन् । अध्यक्ष बस्नेतले एक बिज्ञप्ती जारी गर्दै, ‘देश र जनता कोरोना भाईरसको महामारी संग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानबिय र संविधानको मर्म बिपरितका गतिविधिहरु जालसाजीपुर्ण गतिविधि हुन । कुनै संविधानका प्रक्रियाहरु मुलुक संचालनका विधि र व्यवहार हुन । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेद जनक छ ।’ भनेका छन् ।
उनले तरुण दलको केन्द्रीय समितिबाट भनेका छन्, ‘संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ । साथै सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’

अध्यक्ष बस्नेतको बिज्ञप्तीः प्रस्तुत विषयमा संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो। देश र जनता कोरोना भाईरसको महामारी संग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानबिय र संविधानको मर्म बिपरितका गतिविधिहरु जालसाजीपुर्ण गतिविधि हुन । कुनै संविधानका प्रक्रियाहरु मुलुक संचालनका विधि र व्यवहार हुन । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेद जनक छ । संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ । साथै सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।
जय नेपाल ।