काठमाडौँ ।
विश्व हिन्दु युवा संघ केन्द्रीय समितिले एक परिपत्र जारी गर्दै जेठ १२ गते सम्पूर्ण मठ,मन्दिर,गुम्बा,मस्जिद,चर्च र घरघरमा दीप प्रज्वलन र पुजापाठ गर्न आह्वान गरेको छ ।

युवा संघ केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहले उक्त विज्ञप्ति मार्फत् भन्नुभएको छ नेपाल शिव भूमि भनेर विश्व प्रसिद्ध भएको बताउँदै देवाधिदेव महादेवले मानव हितको लागि गौरक्षा, योग तथा आयुर्वेदको प्रचार गर्न लिनुभएको रुपलाई गोरक्षनाथ भनिएको छ । गोरक्षनाथको प्रतापको कारण नेपाललाई गोरक्ष राष्ट्र पनि भनिन्छ । गोरक्ष नाथलाई यो देशको राष्ट्रदेव पनि मानिन्छ र नेपाली सेनाको स्थापना गोरक्षनाथ सँग जोडिएको बताउनुभयो ।

No description available.

वैशाख शुक्ल पूर्णिमाको दिन गोरक्ष प्रकट भएको दिन हो । यही दिनलाई बुद्ध जयन्ती, कूर्म जयन्ती, चण्डेश्वरी यात्रा, उभौली पर्वका रुपमा पनि चिनिन्छ । तसर्थ यही वैशाख शूक्ल पूर्णिमा २०७८ जेठ १२ गते अर्थात् सन् २०२१ मे २६ गतेका दिन दीपप्रज्वलन गर्न आह्वान गरिएको प्रवक्ता अनुराग शाहले जानकारी दिनुभयो ।