प्रधानमन्त्रीको बचाउ गर्दै शंकर पोखरेलले भने–ओलीप्रति जनताको सहानुभूति बढ्दैछ

226

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनतामा ओली प्रतिको सहानुभूती बढ्दै गएको बताएका छन् ।

नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री पोखरेलले राजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्रीको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा सहानुभूती बढ्दै गएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीको कदमको बचाउ गरेका हुन् । उनले लेखेका छन् :“आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क।ओलीप्रति सहानुभूती बढ्दैछ,” ।