जिल्ला अस्पताल अर्घाखाँचीमा एचडियु बेड र स्वास्थ्य सामग्री हस्तान्तरण

298

हलिम खाँन
अर्घाखाँची, ८ जेठ । बढ्दो कोभिड १९ का कारण जनजीवनमा फेरि नराम्रो संग प्रभावित बनेको छ । पछिल्लो समय दिनप्रतिदिन कोभिड १९ अर्थात कोरोना भाइरस ब्यापक रुपमा बढ्दै गएपछि आफै सचेत हुन, नागरिकहरुलाई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न र अनिवार्य रुपमा माक्स लगाउन सरकारले अनुरोध गरेको छ।

यसै बीच जिल्ला अस्पताल अर्घाखाँचीलाइ अर्घाखाँची सहयोगी हातहरुद्वारा दुई ओटा एचडियु बेड र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

अर्घाखाँची सहयोगी हातहरुका अभियान्ताहरुले सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई बेड हस्तान्तरण गरेको हो ।

अर्घाखाँची सहयोगी हातहरु मार्फत संकलन गरिएका स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची र सडकमा निरन्तर खटिरहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीहरुलाई माक्स हस्तान्तरण गरेको हो ।

जिल्लाका आइसियु कक्ष निर्माणको लागि भन्दै आर्थिक संकलन गरिएको भएपनि गृह मन्त्रालयले कसैले पनि सहयोग नउठाउनु भन्ने आदेश गरेपछि अभियान रोकिएको र त्यसअघी संकलन भएको रकमबाट एचडियु बेड खरीद गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख भुसालले महामारी विरुद्धको लडाई जित्नको लागि सबैको पहल र सक्रियता अत्यन्तै आवश्यक पर्ने बताउनु भएको छ।
अस्पतालका प्रमुख डाक्टर गौतमले सहयोगी हातहरुलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

आइसीयु बेड र स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताल सम्म पुर्याउनको लागि ूहाम्रो टीम नेपाल ुु ले गाडीको व्यवस्थापन रु २५००० सहयोग गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, सामाजिक अभियान्ताहरु सहित पत्रकार तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।