नेपाल ज्योतिष परिषद्का केन्द्रीय विशिष्ट सभापति भुषालको निधन

859

चितवन ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय विशिष्ट सभापति ज्यो.पं.टिकाराम शर्मा भुसालको निधन भएको छ ।
भरतपूर चितवन निवासी प.ं भुसालको आज बिहान भरतपुर मेडिकल कलेज चितवनमा बिहान ७ बजे निधन भएको अध्यक्ष माधवराज पाण्डेले जानकारी दिनुभयो ।

नेपाल ज्योतिष परिषद्ले बनाउन लागेको भवन निर्माण समितिका संयोजक समेत रहनुभएका भुसाल परिषद्को महत्वपूर्ण अविभावक गुमाउनू परेको महसुस भएको वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थीले बताउनुभयो । ज्योतिष शास्त्रका ज्ञाता , विशिष्ट विद्वान्को स्वर्गारोहणले आज ज्योतिषीय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।