अनन्तप्रसाद घिमीरे । पानी अझै पर्नै सकेन पानी पर्नलाइ बादल चाहिन्छ तर, आकाशमा बादलै छैन ।
हिजो पनि पानी पर्ने आशामा हामी काकाकुल बन्याैं किसानी बन्याैं , छटपटिएको प्यासी बन्याैं, तर खै ? पानी पर्नै सकेन ।
पानी पार्नकै लागि महायज्ञ गरियो, महायज्ञमा थुप्रै मान्छेहरुलाइ हवन पनि गरिएकै हो, तर खै ? पानी पर्नै सकेन ।
खेतबारीमा माटो सुक्यो, अवोध बच्चाको तालु सुक्यो निर्दयी मेघ गर्जिन त गर्जिएकै हो डड्याङ् डुडुङ् डड्याङ् डुडुङ् तर खै ? पानी पर्नै सकेन ।
अब त मूल पनि सुक्नै लाग्यो, पानीसगको नातामा पनि शंका लाग्यो फेरि, आकाशमा भने- बादलको सानो टुक्रा रहेकै छ तर,खै ? पानी पर्नै सकेन पानी पर्नै सकेन।।
लेखक: श्री कृष्ण मा.वि.,पाणिनी ५,अर्घाखाँचीका शिक्षक हुन् ।