विश्वास छ, सर्वोच्चले न्याय गर्छ : डा. शशांक कोइराला

227

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटन गर्ने सरकारी कदम असंवैधानिक भएको भन्दै त्यसलाई सर्वोच्च अदालतले सच्च्याउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

आइतबार १४९ जना सांसदहको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता गर्न जानुअघि महामन्त्री कोइरालाले भने, ‘हामी शेरबहादुरर देउवाको नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर सर्वोच्चमा जाँदैछौ । हामीलाई पुर्ण विश्वास छ यसमा सर्वोच्चले न्याय गर्छ ।’

उनले देउवाको नेतृत्वमा सरकार गठन हुनेमा पनि आफु विश्वस्त रहेको भन्दै दलहरुबीच छलफल गरेर राजनीतिक प्रतिवाद गर्ने समेत बताए ।