श्याम घिमिरे
सन्धिखर्क, ९ जेठ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले यहि जेठ १० र ११ गते दुईदिन कोभिड १९ बिरुद्धको कोभिशिल्ड खोप लगाईदिने भएको छ ।
गत २०७७ फागुन १० गते भित्र कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो डोज लगाउन बाँकी रहेका वा छुटेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र अन्य कर्मचारीहरुकालागी खोप लगाईने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अर्घाखाँची अस्पतालको खोप केन्द्रमा उपस्थित भई खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय अर्घाखाँचीले आग्रह गरेको छ ।