ज्यो.अनन्तप्रसाद घिमिरे
आज मिति २०७८ साल ज्येष्ठ १० गते सोमबार। सन् २०२१ मइ २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष त्रयोदशी तिथि। चित्रा नक्षत्र। व्यतिपात योग । काैलव करण । तुला राशीमा चन्द्रमा ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
विचारको अस्थिरताले बाधा उत्पन्न गर्नेछ। रोजगार-व्यवसायको क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन रहला। महत्वपूर्ण निर्णय गर्नुपुर्व सल्लाह सुझाव लिएर गर्नु उत्तम रहनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
उपलब्धिमुलक यात्रा हुने दिन रहेकोेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
बन्नै लागेको काम विग्रने खालको समय रहेको छ । यात्रा सोचेजस्तो फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आज रमाइलो यात्राको योग रहेकोछ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धन प्राप्तिको योग छ । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज उपलब्धिपुर्ण तथा रमाइलो यात्रा हुने दिन रहेकोछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।