अशोक खनाल
अर्घाखाँची, १० जेठ । अर्घाखाँची जिल्लामा निषेधाज्ञा थप भएको छ । सोमबार बसेको जिल्लाको डिसिसिएमसीको बैठकले निषेधाज्ञा जेष्ठ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञालाई थप कडा बनाउँने निर्णय समेत गरेको छ । निषेधाज्ञा उल्लंघन गरे दुई सय रुपैयाँ, मास्क नलगाई हिडेको भेटिए एक सय रुपैयाँ जरिवाना गरिने निर्णय समेत बैठकले गरेको छ ।

सम्बन्धित अधिकारीको अनुमती बिना वा प्रहरीलाई जानकारी नदिइ बिरामी ओसारपसार गर्ने बाहेक निषेधाज्ञा उल्लंघन गरेर दुई पाङ्ग्रे सवारी सञ्चालन गरे दुई हजार, अन्य सवारी साधनको हकमा पाँच हजार जरिवाना साथै प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म सवारी साधन सञ्चालन गर्न रोक लगाउन सक्ने निर्णय समेत बैठकले गरेको छ ।