स्वास्थ्य सामग्रीको गुणस्तर कस्ले हेर्ने ?

175

काठमाडौँ, १० जेठ ।

कोभिड १९ संक्रमको दोश्रो लहर संगै यतिबेला संघीय राजधानी काठमाण्डौ लगायत अधिकांश स्थानमा निषेधाज्ञा लगाईएको छ । यसले सर्वसाधरणको जनजीवन क्रमसः असहज बन्दै गएको छ । निषेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा कोरोना संक्रमणको पहिचान दर र मृत्यु संख्या घट्न सकिरहेको छैन । सरकार कोरोना संक्रमण कम गराउन हर तरहले लागिरहेको छ । सरकारले कोरोना विरुद्धको खोपको लागि विश्व समुदायसँग सहायता मागिरहेको छ ।

यससँगै सरकारलाई विभिन्न संघ, संस्था दातृ निकायहरुले विभिन्न किसिमका स्वास्थ्य सामाग्री सहयोगस्वरुप प्राप्त भइरहेको छ । यसरी प्राप्त हुने स्वास्थ्य सामाग्री आकस्मिक उपचार सेवाको लागि प्रयोग हुने र दैनिक व्यवहारमा प्रयोग हुने दुई प्रकारका छन् । सहयोग स्वरुप प्राप्त हुने आकस्मिक सेवाका स्वास्थ्य सामग्रीको गुणस्तर परिक्षण र कार्य सघनताको मुल्यांकन गरेको पाईदैन । महामारीको समयमा अभाव हुने यस्ता सामग्रीले तोकेभन्दा कम काम गरे वा गुणस्तरीय काम गरेनन् भने बिरामीको ज्यान नै जोखिममा पर्ने देखिन्छ ।

यसमा सहयोग लिने निकाय चनाखो हुनुपर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् । काठमाडौंका विभिन्न ल्यावहरु र अस्पतालहरुमा परामर्शदाताको रुपमा काम गर्दै आउनुभएका बायोमेडिकल इन्जिनियर हरीराम दवाडीले आकस्मिक स्वास्थ्य सेवा उपचार र कोरोनाको सघन उपचारमा प्रयोग भइरहेका स्वास्थ्य सामग्री तथा उपकरणको गुणस्तर र काम गराइ बारे सही ढंगले परिक्षण नहुँदा जोखिम बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय अभाव र आवश्यकताको अनधिकृत रुपमा फाईदा उठाउदै बजारमा भेन्टीलेटर, हाईफ्लो मेसिन र अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेकाले सचेत रहन आग्रह गर्नुभयो ।