युवानेता भण्डारीले निजि होटेलमा कांग्रेसको क्वारेन्टाइन बनाएर हस्तान्तरण गरे

2048

धनगढी , जेष्ठ १० । सेती प्रादेशिक र ठुला निजि अस्पताल नजिकै सुदुरपश्चिम कै पहिलो नेपाली कांग्रेसको ड्राई क्वारेन्टाइनको उद्धघाटन र हस्तान्तरण नेपाली कांग्रेस कैलालीले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडको प्रमुख आतिथ्यतामा गरेको छ । नगरप्रमुख ओडले नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले हरिप्रीया प्रकाश फाउन्डेसन मार्फत कोरोनाको १३ महिनादेखी लाखौंको सहयोग गरेकोमा प्रशन्सा गर्दै यस क्वारेन्टाइनको जिम्मेवारी आजबाट नेपाली कांग्रेसले लिएको बताउदै आफुले पक्षपात नगरेर हरेक नागरिकलाई एम्बुलेन्स, औषधि र अस्पतालमा निशुल्क उपचारदेखि सिमा मा फेरि खाना खुवाउन शुरु गरेको बताउनुभयो ।

नेका क्षेत्र न:५ क्षेत्रीय सभापति हरिष खड्काले नेबिसंघ पुर्ब कावा अध्यक्ष क्षितिज भण्डारीले आमा स्वर्गीय हरिप्रीया भण्डारीको स्मृतिमा बाढीपहिरोमा पनि लाखौं को टेन्ट नेपाली कांग्रेस जिल्ला समिति मार्फत रेडक्रसलाई दिईएको सम्झना गर्दै कोरोनाकाल को पछिल्लो हरेक कार्यक्रममा चन्दा संकलन नगरेर मास्क, सेनेटाईजर, पिपिई र खाधान्न बाडेर पार्टीको प्रतिष्ठा बढाएकोमा आभार ब्यक्त गर्नुभयो । जिल्ला सदस्य नृपबहादुर सुनारले पार्टी सभापति नारायण शाह र जिकासको तर्फबाट शुभकामना दिदै अब उपरान्त यो क्वारेन्टाइन पार्टीको सम्पत्ती भएको बताउदै साचो कार्यक्रमका सभापति वार्ड अध्यक्ष टेकराज ओझा मार्फत बुझ्नुभयो ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. कृष्ण बहादुर बोहराले क्वारेन्टाइनले संक्रमण फैलिन नदिन ठुलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रबाट नेपाल तरुण दल क्षेत्रीय सभापति केशब जोशी, त्रिविवि कावा सभापति गणेश भण्डारी, युएन डि का अध्यक्ष योगेश भण्डारी देवराज ओझा, हेमप्रकाश कलेल र नेपाल रेडक्रस सोसाइटीबाट महेश पाण्डेयलाई स्वयंसेवक कमान्डर तोकिएको तरुण नेता अमृत बिसि ले बताउनुभयो ।