फाईल तस्विर प्रधानमन्त्री केपी ओली र जसपाका अध्यक्ष महन्त ठाकुर .

काठमाडों । जनता समाजवादी पार्टी नेपाल ९महन्थ ठाकुर पक्ष० सरकार सहभागी हुने निश्चित भएपछि अहिले सो दलमा मन्त्री बन्नका लागि दौडधूप सुरु भएको छ ।

जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् । वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएपछि प्रतिनिधिसभा सदस्य नरहेका नेताहरुको पनि दौडधूप बाक्लिएको छ । शीर्ष नेताको घरदेखि लिएर शक्ति केन्द्रहरुमा उनीहरु धाउन सुरु गरेका हुन् ।

जसपा स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई ८ देखि १० वटा मन्त्रालय दिने बताएका छन् । त्यहीअनुसार अहिले जसपामा मन्त्री चयन गर्ने काम भइरहेको छ । तर आकांक्षी धेरै भएपछि नाम चयनमा सकस भइरहेको कार्यकारिणी समितिका एक नेताले बताए ।

शीर्ष नेताहरुमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो,शरतसिंह भण्डारी,अनिलकुमार झा,राजकिशोर यादवको नाम चर्चामा रहेको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षबाट ठाकुर पक्षमा आएका उमाशंकर अरगरिया,विमल श्रीवास्तव,रुही नाज,रेणु गुरुङ र कलुदेवी विश्वकर्मामध्ये दुईजनालाई मन्त्री बनाउने लगभग तय भएको छ ।

सबैभन्दा बढी चर्चामा उमाशंकर अरगरिया र विमल श्रीवास्तवको रहेको छ । तर रुही नाज,रेणु गुरुङ र कलुदेवी विश्वकर्माले पनि दावी छाडेका छैनन् । एकजना महिलालाई जसरी पनि दिनुपर्छ भन्ने उनीहरुको माग रहेको छ ।