नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी

210
File photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नागरिकता अध्यादेश राष्ट्रहितविपरीत रहेको भन्दै खारेज गर्न चेतावनी दिएका छन् ।

विप्लवले सोमबार वक्तव्य जारी गरी जनमत बुझ्नु र विज्ञहरूको व्यापक परामर्श लिनुको साटो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न हुने निर्णयबाट सिंगो देशले मूल्य चुकाउनुपर्ने बताएका छन् ।