दक्षिण एशियाली ज्योतिष महासंघ का केन्द्रीय सदस्य, बिश्व ज्योतिष महासंघ युवा समितिका सभापति हरिहर अधिकारीका पिता वास्तु शास्त्री एवम ज्योतिषी रामबहादुर अधिकारीको हिजो न्युमेनियाबाट निधन भएको छ।
युवा ज्योतिषी तथा कलाकार हरिहर अधिकारीलाई पितृ शोक परेको छ ।
झण्डै २० दिन देखि कोरोनालाई जित्ने प्रयाशमा रहेका हरिहरका पिता रामबहादुर अधिकारीको केही बेर अघि निधन भएको हो ।
कीर्तिपुरमा बसोबास गर्ने अधिकारीको पूरा परिवार कोरोनाले ग्रस्त भईरहदा आज उनको बुवाले कोरोना जित्न सकेनन । हरिहरका म्यानेजर निशा बजगाईका अनुसार पछिल्लो २ हप्ता देखि कलंकी स्थित नेश्नल हस्पिटलमा हरिहरका बुवा उपचारार्थ थिए ।
उनका बुवा समेत प्रखर ज्योतिषी थिए जसले गरेका अधिकांश भबिष्यबाणी सधै मिल्दथे । पिताकै अनुशरणमा हरिहरले पनि ज्योतिष शास्त्रलाई थप अध्ययन अनुसन्धान गर्दै आज यो स्थान हासिल गर्न सकेका हुन ।