काठमाडौँ ।
आध्यात्मिक पत्रकार समाज आपसले रोग निवारण शान्ति प्रार्थना गर्ने भएको छ । कार्यक्रम यही जेठ १२ गते बुद्धपूर्णिमाका दिन बेलुका ८ बजे भर्चुअल माध्यमबाट गरिनेछ ।  विश्वभर फैलिएको कोराना भाइरस कोभिड १९ नियन्त्रण तथा विश्वशान्तिको कामना गर्दै सम्पूर्ण मानव जगत्लाई आध्यात्मिक उर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आपस अध्यक्ष शिरोमणि दवाडीले जानकारी दिनुभयो ।

May be an image of 2 people

कार्यक्रममा नेपाली लोक बाजा संग्रहालयको तर्फबाट विशेष शंखध्वनि, श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुल बाणगङ्गाा ०२ नन्दनगरका बटुकहरुबाट शान्तिपाठ र नेपाल संस्कृत विश्वविद्यालय वाल्मिीकि विद्यापीठ धर्मशास्त्र विभाग अध्यक्ष प्राडा देवमणि भट्टराईको रोग र महामारीको धार्मिक मान्यता र उपायबारे विशेष प्रवचन रहने महासचिव लक्ष्मण पन्थिले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।