नेपाल इन्जिनयर्स एशोसियसन सुदुर पश्चिम प्रदेश कार्यकारिणि समिति (NEA FARWEST) द्धारा डडेल्धुरा जिल्ला अस्पतालमा ४२ वटा अक्सिजन सिलिन्डर नेपालगंज बाट फिलिङ गरी हस्तान्तरण गरिएकाे छ ।
काेराेना महामारीकाे विषम परिस्थितिमा डडेलधुरा अस्पतालमा बिरामीहरुका लागि अक्सिजन अभाव भइरहेकाेले केही हदसम्म डडेल्धुरा र सुदुरपश्चिमका विभिन्न ठाउबाट उपचार गर्न अाउने बिरामिका लागि सहयाेग पुगाेस भन्ने हेतुले विभिन्न क्षेत्रमा अावद्ध सुदुरपश्चिम र अन्य ठाउका इन्जिनियरहरुकाे सयहाेगमा संकलित रकमबाट ४२थान अक्सिजन सिलिन्डर नेपालगन्जबाट फिलिङ गरेर अस्पताल व्यबस्थापन समितिलाई हस्तान्तरण गरिएकाे नेपाल ईन्जिनियर्स एशाेसियसन सुदुरपश्चिम प्रदृश कार्यकारिणी समितिका सभापति इन्जिनियर लव प्रसाद जाेशिले बताए
। काेभिडमा अपनाउनु पर्ने सम्पुर्ण सुरक्षा प्राेटाेकल,नियम पालना गरेर इन्जिनियर प्रतिनिधिहरु ई.प्रकाश भट्ट,ई.वीर बहादुर भाट,ई. सुनिल खड्का, ई. गोविन्द भट्ट उपस्थित भएर अस्पताल व्यबसणथापन समितिका अध्यक्ष करुणाकर अाेझा र मेडिकल सुपरिटेन्ट जगदिशचन्द्र बिष्टलाई हस्तान्तरण गरिएकाे ई.भुवन भट्टले बताए । सुदुरपश्चिमका अस्पतालहरुमा अक्सिजन सहयाेग गर्ने नेपाल ईन्जिनियर्स एशाेसियनकाे अभियान अन्तर्गत डडेलधुरामा अक्सिजन सिलिन्डर सहयाेग गरिएकाे र अन्य अस्पतालहरुमा पनि चाडै सहयाेग हस्तान्तरण गरिने नेपाल इन्जिनियरर्स एशाेसियसन सुदुरपश्चपमबा अध्यक्ष ई.लव प्रसाद जाेशिले बताए ।
सहयाेग हस्तान्तरण कार्यक्रममा बाेल्दै डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकार अाेझाले महामारीकाे बेला महत्त्वपूर्ण सहयाेगका लागि नेपाल इन्जिनियर्स एशाेसियसन सुदुरपश्चिम प्रदेश कार्यकारिणी समिति र यसमा अावद्ध सम्पुर्ण इन्जिनियरहरुकाे प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।