नेपाल प्रध्यापक संघले भन्यो: राज्यपक्ष संवेदनशील भएन

240

बुटबल । नेपाल प्रध्यापक संघले कोभिड–१९ को दोस्रो लहरबाट हामी संक्रमित हुँदै गइरहेको विषम परिस्थिती, त्यसलाई न्यूनीकरण गर्नका लागि राज्यपक्ष संवेदनशील हुन नसकेको वर्तमान अवस्था र मिति २०७८ जेठ ७ गते एक्कासी विकसित भएको राजनीतिक घटनाक्रमहरु प्रति नेपाल प्राध्यापक संघको ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै प्रध्यापक संघका अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापाले स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राखेर त्यसमा नागरिकहरुको सर्वशुलभ ढंगबाट पहुँच पु¥याइनु पर्छ भन्ने यस संघले उठाउँदै आएको विषय भएको बताए ।

तर जिम्मेवार पक्ष यी विषयहरुमा चनाखो हुन नसकेका कारण देशमा वर्तमान विषम परिस्थिति उत्पन्न भएको हो भन्ने ठहर गरेको छ । महामारीको दोस्रो लहर नेपालमा भित्रदै छ भन्ने बोध छिमेकि मुलुक भारतमा भएको दर्दनाक अवस्थाबाट परिचित हुँदाहुँदै पनि समयमानै हाम्रा नाका क्षेत्र लागायत आफ्नै मुलुक भित्र उपयुक्त व्यवस्थापन गर्न नसकेको आरोप लगाएको छ ।

विज्ञप्ती जस्ताको तस्तै