वुद्ध पुर्णिमा र हाम्रो आस्था !

134

-अनन्तप्रसाद घिमिरे
हरेक वर्षको वैशाख शुक्ल पुर्णिमाको पवित्र दिनलाई सम्पुर्ण हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुले निकै महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । भगवान् बिष्णुको नवाैं अवतारका रुपमा मानिदै आएको भगवान वुद्धलाइ शान्तिका अग्रदुतका रुपमा समेत लिइएको छ । विश्वशान्तीका महानायक भगवान गौतम बुद्धको जन्मजयन्ती आजको पावन तिथीमा भगवान गौतम बुद्धप्रति अत्यन्त श्रद्धधा एवम् भक्तिभाव व्यक्त गदै यस बुद्धजयन्ती मनाईन्छ ।

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।

पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन

। उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दुस्खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दुस्ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्ततस् कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दुस्ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

बैशाखशुक्ल पूर्णिमा, गौतमबुद्धजयन्ती, चण्डीपूर्णिमा भएकोले संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्। गौतम वुद्धले यस धर्तिमा नयाँ युगको सुरुवात गर्नुभयो । एउटा नविन ज्ञानको मार्ग देखाई समाजलाई युग चेतनाको बोध गराउनुभयो ।

सिद्धार्थ गौतमले २९ वर्षएको उमेरमा दरबार छाडी ६ वर्षसम्म बोधगयामा तपस्या गरेर बुद्धत्व प्राप्त गर्नुभयो भगवान गौतम बुद्धले असम्भवलाई सम्भव गराईदिनु भयो र बुद्धत्व प्राप्त गरी संसारलाई ज्ञानको ज्योतीले भर्नु भयो यस बुद्ध जयन्तीको पावन अवसरमा संसारभ। बुद्धको मन्दिर , गुम्बा ,विहार ,मठ स्तुपा चैत्य आदिमा भगवान बुद्धको विशेष पुजा पाठ ,पार्थना प्रवचन लगायत धार्मिक कार्यक्रम र दिप प्रज्वलन गरी विभिन्न ठाउँमा तस्बिर आदि सहित शोभायात्रा निकालिन्छ ।

आज विश्वले बुद्धको आर्दशलाई शिरोधार्य गरेर हिडेकाछन् शान्ती ,सत्यता ,अहिसां अनि सरलताका लागि बुद्ध संसार भरका गुरु हुन् । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन , भारत ,श्रीलंका ,बर्मा ,थाईल्याण ,क्याम्बोडिया ,भियतमान ,भुटान , जापान ,मंगोलिया म्यानमार ,कोरिया लगायत देशमा आज धुमधामका साथ वुद्ध जयन्ती मनाईदै छ । वैदिक सनातहरु लगायत वौद्ध धर्मावलम्वीहरुले आजको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन ।

आजको विश्व युद्ध,आतंक,अन्याय,अत्याचारजस्ता अवस्थाले मात्रै व्याप्त छैन प्राकृतिक महामारी कोरोनाजन्य मानव विनासकारी भाइरसबाट समेत ग्रस्त रहेको सन्दर्भमा हामी सबै बुद्धका आदर्श वाणीहरुको अनुशरण गर्नु आवश्यक देखिन्छ । लेखक: श्री कृष्ण मा.वि.पाणिनी-५, अर्घाखाँचीका शिक्षक हुन् ।