कांग्रेस पदाधिकारी बैठक : राजनीतिक लडाइँको मोडालिटीबारे छलफल

141

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बदलिदो राजनीतक घटनाक्रमपछि अब कसरी अगाडि बढ्ने भन्ने बारे छलफल भएको छ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास वुढालीलकण्ठमा बसेको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालतमा रिट दायर गरिसकेको अवस्थामा अन्य राजनीतिक गतिविधि कसरी गर्ने भन्नेबारे छलफल भएको सहमहामन्त्री प्रकाशशरण महतले बताए।

‘अदालतमा कानुनी लडाइँ सुरु भएको छ। अब राजनीतिक लडाइँ कसरी गर्ने भन्नेबारे छलफल भयो’, महतले भने, ‘अहिले कोरोनाका कारण सडकमा जाने अवस्था छैन। आम नागरिक र नागरिक समाजलाई उक्त कदमको विरोध गर्न आह्वान गर्छौं।’

बैठक कोरोनको विषयमा समेत केन्द्रित रहेको उनले बताए। १५ बुँदे ज्ञापनपत्र सरकारलाई पेश गरे पनि सरकार गम्भिर नबनेको कांग्रेसको ठहर छ।

‘सरकार कोरोना नियन्त्रणमा गम्भिर छैन’, उनले भने, ‘जनतालाई आतंकित पार्ने काम भएको छ। कोरोनाको आडमा जनअधिकारलाई कुन्ठित गर्ने कम भएको छ।’कांग्रेसले निधेषज्ञालाई वैज्ञानिक बनाउनसमेत भनेको छ।

विदेशी सहयोग पनिव ओली सरकारले दूरुपयोग गरेर पार्टी करण गर्न खोजेको बैठकले निष्कर्ष निकालेको छ। त्यस्ता कदमलाई रोक बैठकले भनेको छ।