गलत पात्र र प्रवृत्ति बाट गणतन्त्र लाई जोगाउँ: नेबिसंघ महामन्त्री तिमल्सिना

387

काठमाडौँ । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले संघीय लोकतान्त्रिक गणतंत्र प्राप्त भएको आज १४ बर्ष पुरा भएको अबसरमा एक शुभकामना सन्देश मार्फत आफ्नो पुस्ताले अब फेरि ब्यबस्थाको निम्ति लड्न नपरोस् भन्ने कामना गरेका छन । महामन्त्री तिमल्सिनाले कबितात्मक शैलिमा लेखेका छन्:

व्यवस्था फेरियो,

जनताकाे अवस्था फेरिएन ,

आफ्नाे फाइदामा देश र जनता हेरिएन !

गणतन्त्रले जनताकाे मुहार फेराेस् ,

फेरी व्यवस्थाकै लागि लड्न नपराेस !

गणतन्त्र प्राप्तिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहिदहरु लाई स्मरण गर्दै महामन्त्री तिमल्सिनाले गणतन्त्र प्रप्तिको निम्ति भएको आन्दोलनमा जिबनको प्रबाह नगरी होमिदा भोगेको यातनाका पीडाहरु संगै गणतन्त्र प्राप्त हुदा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजगन्ज स्थित प्रहरी हिरासत भीत्रै अनूभूत गरेको असीमित खुसी,अपेक्षा, र आशाहरु आज एकैपटक तुलनात्मक ढंगले मनभित्र तरंगित भएको, त्यतिबेला सुरक्षाकर्मीहरुको पिटाई बाट भाँचिएका र टूटेका हात,खुट्टा र अन्य नथाकेका चोट र पीडा शान्त नहुँदै गणतन्त्रको संरक्षण गर्न अझै थप संघर्ष गर्नुपर्ने अवस्था आउनु निश्चय पनि दु:खद भएको बताएका छन।

महामन्त्री तिमल्सिनाले गणतन्त्रको गजुर मात्र बनेको तर राष्ट्रपति र प्रधानमन्त्री जस्ता गलत पात्र र प्रवृत्तिको हातबाट यसलाई संस्थागत गर्ने भरपर्दो आधार अझ पनि निर्माण हुन नसकेको हुँदा औपचारिक गणतन्त्र आएपनि ब्यबहारमा राणातंत्र भन्दा नीच खालको पद्धति हाबी रहेको अबस्थामा गणतन्त्र हाम्रो आफ्नै शासन प्रणाली भएकोले आफ्नै अधिकारको रक्षाको लागि प्रत्येक सचेत नागरिक अब थप जागरुक हुन जरुरी भएको औल्याएका छन तिमल्सिनाले आफ्नो सन्देशमा हाम्रो निगरानी निरन्तर रहन सकेमात्र हामीले चाहेका र प्राप्त गरेका उपलब्धिको संरक्षण गर्न सक्छौं भन्दै न्याय र बिबेकका दृष्टिले गणतन्त्रबादी अरुभन्दा निक्रिष्ट नहुने र यो सिद्ध गर्न पनि स्वयं गणतन्त्र बादी नै गणतन्त्रको संरक्षणमा लाग्न आबस्यक छ हुनेहुँदा त्यसका निम्ति सबैमा अटल र अदम्य शाहस मिलोस भन्ने कामना समेत गरेका छन् ।