भो चाहिदैन गणतन्त्र …………..!!

391

आदित्य भण्डारी ( मिलन)

राष्ट्र नै संकटमा पर्छ भने

किन चाहियो गणतन्त्र ?

देशको अस्मिता नै लुटिन्छ भने,

किन चाहियो गणतन्त्र ?

धर्ममा बारबार प्रहार हुन्छ भने

किन चाहियो गणतन्त्र ?

जनता अकालमै मर्नुपर्छ भने

किन चाहियो गणतन्त्र ?

विपद्को बेला जनता लुट्ने भए

किन चाहियो गणतन्त्र ?

सहयोगमा पनि धाँधली गरे

किन चाहियो गणतन्त्र ??

विकास भनी विनास गर्ने भए

किन चाहियो गणतन्त्र ?

पेट पाल्न खाडी धाउनुपर्छ भने

 

किन चाहियो गणतन्त्र ?

संविधानको निन्दा गरिन्छ भने

किन चाहियो गणतन्त्र ?

राष्ट्रीयता नै टुक्रिन्छ भने,

किन चाहियो गणतन्त्र ?

भ्रस्टाचार झन बड्छ भने,

किन चाहियो गणतन्त्र ?

अत्याचारले सिमा नाघ्छ भने,

किन चाहियो गणतन्त्र ?

राष्ट्रको अस्तित्व मेटिन्छ भने

किन चाहियो गणतन्त्र ?

काखा र पाखा गर्छ भने

किन चाहियो गणतन्त्र ?

के हो गणतन्त्र

को हो गणतन्त्र ?

भो चाहिएन गणतन्त्र !!